FAQs Complain Problems

सम्भावित कोरोना संक्रमण क्षेत्र शिल गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना !!!

सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो घटना यहाँहरुलाई अवगत नै छ । सो कोरोना संक्रमणबाट मृत्यु भएको महिला टिचिंग अस्पतालमा डेलिभरी गराई यस नगरपालिकाको वडा नं. ९ मा पर्ने काभ्रे डेरी देखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बस्नु भएको भन्ने जानकारी आएकोले सो वरपरका क्षेत्र शिल गरिएको जानकारी गराउंदै गरी "आफू पनि बचौं र अरुलाई पनि बचाउँ " भन्ने अवधारणालाई आत्मसाथ गर्दै Lockdown को पूर्ण पालना गर्न नगरवासीमा हार्दिक अनुरोध गर्दछौं ।

प्रकाश अधिकारी

नगर प्रमुख, टोखा नगरपालिका