FAQs Complain Problems

पूर्वाधार विकास समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
धर्मेन्द्र श्रेष्ठ (वडा नं. २)  संयोजक ९८५१०५६२४७  
धर्मेन्द्र श्रेष्ठ (वडा नं. ४) सदस्य  ९८४१६७३१२२  
जगतमाया प्रजापति  सदस्य  ९८०८५०८६३३  

 

 

 

 

पूर्वाधार विकास समितिको काम कर्तव्य र अधिकार:

(१) नगरपालिका क्षेत्रभित्र निर्माण गर्न आवश्यक भौतिक पूर्वाधारको विकास गर्न आवश्यक नीति, योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यपालिकामा पेस गर्ने ।

(२) नगरसभा तथा कार्यपालिकाबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन गर्न गराउन आवश्यक कार्य योजना बनाउने ।

(३) पूर्वाधार विकास तथा भौतिक निर्माणका लागि शाखा तथा वडा कार्यालयहरुबाट प्रभावकारी रुपमा कार्य भए नभएको अनुगमन सुपरिवेक्षण गर्ने सम्बन्धमा अनुगमन समिति संग समन्वयन गरी कार्य सम्पादनमा थप सहजता र प्रभावकारिता ल्याउन सहयोग गर्ने ।

(४) नगरपालिका क्षेत्रभित्र अन्य सरकारी तथा गैरसरकारी निकाय र संघ संस्थाबाट हुने भौतिक निर्माण कार्यहरुमा आवश्यक समन्वय गर्ने ।

(५) स्वीकृत बजेट, नीति तथा कार्यक्रम अनुसार निर्माण गरिने पूर्वाधारहरु निर्दिष्ट समय, गुणस्तर र लागतमा सम्पन्न गर्न आवस्यक समन्वय गर्ने ।

(६) नगर भित्र अत्यावस्यक देखिएका भौतिक पूर्वाधार निर्माण तथा मर्मतकालागि अध्ययन तथा अनुगमन गरी सिफारिस गर्ने ।

(७) वडाबाट प्राप्तभई आएका भौतिक पूर्वाधार विकास आयोजनाहरुको एकिकृत खाका तयार गर्ने ।

(८) भौतिक पूर्वाधारको विकासमा जनसहभागिता अभिवृद्धि गर्ने वातावरण तयार गर्ने

(९) नगरभित्र दीर्घकालीन महत्वका पूर्वाधारहरुको विकास गर्न आवस्यक राय, परामर्श दिने ।

(१०) सभाले तोकेका अन्य कार्य गर्ने ।