FAQs Complain Problems

लेखा समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
हरिकृष्ण श्रेष्ठ   संयोजक ९८५१०११०५८  
ईश्वरी घिमिरे  सदस्य  ९८४१८६२२९९  
नविन महर्जन सदस्य  ९८६१२२८९९८  

 

 

 

 

लेखा समितिको काम कर्तव्य र अधिकार:

(१) वित्तीय सुशासन कायम गर्न नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता पुष्टी हुने गरी आर्थिक प्रशासन संचालनका लागिआवश्यक नीति, योजना, कार्यक्रम निर्माण गर्ने ।

(२) सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानूनको परिपालना गर्न, गराउन आवश्यक सहयोग गर्ने ।

(३) सार्वजनिक खरिद व्यवस्थालाई अधिकतम उपलब्धीमूलक बनाउन आवश्यक सुझावहरु सिफारिस गर्ने ।

(४) स्थानीय संचितकोष र आकस्मिक कोषको व्यवस्थापन र संचालनमा सहयोग गर्ने,

(५) नगर कार्यपालिका कार्यालय तथा वडा कार्यालयबाट भए गरेको खर्च प्रणाली कानून वमोजिम र पारदर्शी भए/नभएको सम्बन्धमा अनुगमन गरी सुझाब सिफारिस गर्ने ।

(६) नगरपालिकाको आर्थिक तथा वित्तीय कारोवारमा आवश्यक सुधारका लागि अध्ययन गरी सुझाव प्रस्तुत गर्ने ।

(७) महालेखा परीक्षकको कार्यालयले औल्याएका बेरुजु फस्र्यौटका लागि आवश्यक प्रक्रिया निर्धारण गरी सिफारिस गर्ने ।

(८) नगरपालिकाको राजश्व परिचालन र संकलनको अवस्था, प्रक्रिया र उपलब्धीको मूल्यांकन गरी सुझाव प्रस्तुत गर्ने ।

(९) सभाले तोकेका अन्य कार्य गर्ने ।