FAQs Complain Problems

ताजा जानकारी

आर्थिक विकास समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
रमेश कुमार लामिछाने  संयोजक ९८५१२०९३०२  
मचाकाजी महर्जन सदस्य  ९८५१३१४३१९  
सरिता घले सदस्य  ९८४१३७८६०४  

 

 

 

 

आर्थिक विकास समितिको काम कर्तव्य र अधिकार:

(१) नगर भित्र कृषि र पशुपंछी क्षेत्रको विकासकालागि आवस्यक नीति, योजना र कार्यक्रमको प्रस्ताव तयार गर्ने ।

(२) कृषि तथा पशुपालन क्षेत्रको उत्पादकत्व वृद्धिका लागि उन्नत जातको विउ, मलखाद र आधुनिक प्रविधिको प्रयोगकालागि आवस्यक कार्यक्रम तय गर्ने ।

(३) माछापालन, फलफुल तथा तरकारी, दुध र दुग्धजन्य व्यवसाय प्रवर्द्धनका लागि योजना र कार्य गर्ने ।

(४) उत्पादन विशेषका पकेट क्षेत्रहरुको एकीन गरी कार्यक्रम संचालनकालागि सिफारिस गर्ने ।

(५) विषादी रहित तथा अर्गानिक खेती प्रोत्साहनकालागि योजना र कार्यक्रम बनाउने ।

(६) नगरभित्र उत्पादित कृषि तथा पशुजन्य वस्तुहरुको बजार व्यवस्थापन तथा विक्री वितरण र निकासीको सम्भाव्यता अध्ययन गरी सुझाब प्रस्तुत गर्ने ।

(७) नगर भित्र पर्यटकीय क्षेत्रहरुको विकास, पर्यटकीय गतिविधिहरु संचालनकालागि होटल व्यवसाय प्रवर्द्धन तथा होमस्टे संचालन, सास्कृतिक तथा ग्रामीण पर्यटनको सम्भाव्यता अध्ययन गरी आवस्यक योजना र कार्यक्रम पेश गर्ने ।

(९) नगरभित्र संचालित सहकारी संस्थाहरुको संचालन र व्यवस्थापनका लागि आवश्यक नीति निर्माणका लागि सुझाव पेश गर्ने ।

(८) नगर भित्र पर्यटन पूर्वाधार निर्माणका लागि आवस्यक समन्वय गर्ने । नगरभित्र संचालित सहकारी संस्थाहरुको संचालन र व्यवस्थापनकालागि आवस्यक नीति निर्माणका लागि सुझाब पेश गर्ने। (१०) सहकारी संस्थाहरुको अनुगमन र निरीक्षण गरी सुधारका लागि सुझाब सहितको प्रतिवेदन पेस गर्ने ।

(११) घरेलु तथा साना उद्योग एवम् लघु उद्यम प्रवर्द्धनकालागि आवस्यक योजना र कार्यक्रमको खाका तयार गर्ने तथा स्वरोजगार प्रवर्द्धनकालागि सामाजिक विकास समितिसँग सहकार्य गर्ने ।

(१२) नगर भित्र व्यापार व्यवसायको प्रवर्द्धनकालागि आवस्यक समन्वय र सहजीकरण गर्ने ।

(१३) वडाबाट प्राप्त भई आएका आर्थिक विकासका आयोजनाहरुको एकिकृत खाका तयार गर्ने ।

(१४) सभाले तोकेका अन्य कार्य गर्ने ।