FAQs Complain Problems

ताजा जानकारी

योजना तथा अनुगमन

Document

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
अनिल प्रसाद जोशी     वरिष्ठ शाखा अधिकृत आठौं  ९८५१२२२५७८ joshia540@gmail.com
2 मधुसुदन मिश्र    अ. छैटौं  ९८४१ ३१९०६९ gongabu8@gmail.com
3 दिपक कुमार धिताल  वरिष्ठ सहायक, स.पाँचौ  ९८५११७३२८७ dpk432@gmail.com







Details for Agreement on Project Implementation through Consumer Committee/Toll Development Organization


उपभोक्ता समिति/ टोल विकास संस्था मार्फत कार्यान्वयन हुने आयोजना समझौता गर्दा पेश गर्नु पर्ने कागजातको विवरण

सि.नं. कागजातको विवरण
आयोजना स्वीकृत भई वजेटको श्रोत सुनिश्चित भएको हुनु पर्ने । (वार्षिक आयोजना कितावको सि.नं./ कार्यपालिका निर्णय/ / ससर्त/ प्रदेश पुर्वाधार/समपुरक)
७ देखि ११ सदस्यीय टोल विकास संस्था/उपभोक्ता समिति/ तथा ३ सदस्यीय अनुगमन समिति गठनको माईन्यूट सहित नगरपालिकाबाट उपलव्ध गराईएको योजना समझौता किताव ( उक्त किताबमा भर्नु पर्ने विवरणहरु सबै भरिएको हुनु पर्ने)
समिति /संस्थाको आयोजना समझौताको लागि माग निवेदन तथा सम्बन्धित वडाको आयोजना संचालन समझौता सम्वन्धि सिफारीस पत्र
आयोजनाको स्वीकृत लागत अनुमान
संस्थाको हकमा चालु आ.ब.को नविकरण भएको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी
संस्था/ समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी र चालु आ.ब.को सम्पतिकर चुक्ता प्रमाणपत्रको प्रतिलिपी
आयोजना संचालन हुने स्थानको शुरु अवस्थाको फोटो
समपुरककोषवाट संचालन हुने आयोजनाको हकमा नगरपालिकाको सन्चित कोषमा सम्वन्धित संस्था/ समितिले लागत व्यहोर्ने रकम जम्मा गरेको सक्कलै बैक भौचर/ रकम जम्मा भएको प्रमाणित हुने कागजात

आयोजना सम्झौता पूर्व जानकारी राख्नु पर्ने मुख्य मुख्य बिषयः-

१. उपभोक्ता समिति/ टोल विकास संस्था मार्फत कार्यान्वयन हुने आयोजनाको अधिकतम् सीमा रु ५० लाख ( नगरपालिकाबाट विनियोजित रकम) तोकिएको

२. आर.सि.सि भवन,सडक कालोपत्रे, सिसिक्यामेरा, सडकबत्ती, मालसामान खरिद जस्ता आयोजनाहरु उपभोक्ता समिति/ टोल विकास संस्था मार्फत कार्यान्वयन नहुने

३. संस्था/समितिमा अध्यक्ष, सचिव वा कोषाध्यक्ष मध्ये एक जना अनिवार्य महिला र समितिका सदस्य मध्ये ३३ प्रतिशत महिला सहभागिता, अनुगमन समितिमा न्यूनतम ३३% महिला सहभागिता हुनु पर्ने

४. नगरपालिकाद्धारा संचालन भई हाल सम्म चालु अवस्थामा रहेको कुनैपनी आयोजना तथा कार्यक्रममा प्रस्तावित आयोजना/ कार्यक्रम संचालन गर्ने संस्था/ समिति तथा संस्था/ समितिको कुनै सदस्यको संलग्नता नरहेको हुनु पर्ने

५. आयोजना/ कार्यक्रम संचालन गर्ने संस्था/ समिति तथा अनुगमन समितिको कुनै पदाधिकारीमा सरकारी कर्मचारी/जनप्रतिनिधि/कानुनले अयोग्य घोषणा गरेको व्यक्ति/ एकाघरको परिवारवाट एकजना भन्दावढी व्यक्तिको संलग्नता हुन नहुने

६. संस्था/समितिको सदस्य तथा अनुगमन समितिको सदस्यमा सम्वन्धित आयोजना क्षेत्र भन्दा वाहिरको वासिन्दाको संलग्नता हुन नहुने

७. संस्था/समिति, संस्था/समितिको सदस्य तथा अनुगमन समितिको सदस्यमा सरकारी वाँकी वक्यौता वा पेश्की फछर्यौंट गर्न वाँकी रहेको व्यक्तिको संलग्नता हुन नहुने

८. उपभोक्ता समिति/ टोल विकास संस्था मार्फत कार्यान्वयन हुने आयोजना सम्पन्न गरी भुक्तानीको लागि सम्वन्धित समिति/ संस्थाले समझौता अवधि भित्रै नगरपालिकामा भुक्तानीको निवेदन दर्ता गरी सक्नु पर्नेछ। म्याद थप गरिने छैन।

९. उपभोक्ता समिति/ टोल विकास संस्था मार्फत कार्यान्वयन हुने गरी समझौता भएका आयोजनाहरु सम्वन्धित समिति/ संस्था स्वंयमले कार्यान्वयन गर्नु /गराउनु पर्नेछ। निर्माण व्यावसायी वा कुनै व्यक्तिलाई ठेक्का वा जिम्मामा दिन पाईने छैन।

१०. आयोजनाको उदेश्य बमोजिम गर्नु पर्ने कार्यको बारेमा सम्वन्धित प्राविधिकलाई स्पष्ट पारी लागत अनुमान तयार गराउनु पर्नेछ।

११. आयोजनाको कार्यान्वयन स्थलमा नगरपालिकाले तोकेको ढाँचामा सर्वसाधारणको जानकारीको लागि आयोजना सूचना पाटी सबैले देख्ने गरी राख्नु पर्नेछ।




Table Content


उपभोक्ता समिति/ टोल विकास संस्था मार्फत कार्यान्वयन हुने आयोजना सम्पन्न भई भुक्तानी लिनको लागी पेश गर्नु पर्ने कागजातको विवरण

सि.नं. कागजातको विवरण
आयोजना अवधि भित्र कार्य सम्पन्न भई सम्वन्धित संस्था/ समितिबाट भुक्तानीको लागि नगरपालिकामा दर्ता भएको निवेदन / सिफारिस
सम्बन्धित वडाको आयोजना/ कार्यक्रम सम्पन्न भएकोले भुक्तानी सम्वन्धी सिफारिस पत्र
टोल विकास संस्था/ उपभोक्ता समिति/ समितिको वैठकवाट कार्य सम्पन्न भएको सुनिश्चितता गरी आम्दानी खर्चको विवरण खुलाईएको भुक्तानी माग गर्ने निर्णय सहितको माईन्यूट ( वहुमत सदस्यको उपस्थिती तथा वहुमत सदस्यवाट माईन्यूट वन्द गरिएको)
संस्था / समितिको सार्वजनिक परिक्षण प्रतिवेदन, आम्दानी तथा खर्च सार्वजनिकीकरण फारम वडा कार्यालयको छाप सहित सम्वन्धित वडाध्यक्ष वा जनप्रतिनिधिको रोहवरमा प्रमाणित भएको एवं आयोजनाको सामाजिक परिक्षण गरेको भेलाको रंगिन फोटो
खर्च विवरण उल्लेख भएको स्वःघोषणा पत्र
आयोजनाको लागत अनुमान वमोजिम प्राविधिक मूल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन,नापी किताव,उपभोक्ता सम्वन्धी विल
स्थानीय अनुगमन समितिको निर्णय, वडास्तरीय/ नगरस्तरीय अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन
सम्झौता मिति भन्दा पछाडी तथा सम्पन्न भन्दा अगाडिको सो आयोजना संग सम्वन्धित विल भर्पाइ पदाधिकारी मध्येवाट कुनै एकजनाले सहि गरी संस्था/ समितिको छाप सहित प्रमाणित भएको ( सम्वन्धित संस्था/समितिको नाममा जारी भएको)
१० चालु आ.ब.को जिल्लादर अनुसारको ज्याला डोर हाजिरी फाराममा उल्लेख गरी सम्वन्धित कामदारले वुझेको भर्पाई सहित उक्त डोर हाजिरी फारममा संस्था/समितिका अध्यक्ष,सचिव र कोषाध्यक्षको सहि गरी सम्वन्धित प्राविधिकले प्रमाणित गरेको
११ नगरपालिकावाट उपलवध्ध गराईएको ढाँचा अनुसारको आयोजना / कार्यक्रमको सूचना पाटीको फोटो
१२ आयोजना कार्यान्वयनको चरणमा काम हुदै गरेको अवस्था तथा कार्य सम्पन्न भए पश्चातको स्थलगत अवस्था झल्कने रंगिन फोटोहरु
१३ सडक पक्की तथा प्लमवाल जस्ता संरचनाको हकमा निर्मित संरचनाको ल्याव टेष्ट रिपोर्ट

आयोजनाको रकम भुक्तानी पूर्व जानकारी राख्नु पर्ने मुख्य मुख्य बिषयः-

  1. रु. १ लाख भन्दा बढीको बिलहरुको हकमा कर बिजक जारी गर्ने संस्थाको नाममा सोझै भुक्तानी गरिनेछ। बैकिङ प्रणाली मार्फत भुक्तानी गरी खरिद गरेको प्रमाण पेश गरेको कर बिजकको हकमा सम्वन्धित समिति/ संस्थालाई नै भुक्तानी हुने ।
  2. भुक्तानी हुने रकम मध्ये २ प्रतिशत रकम मर्मत संभार वापत कट्टा गरिनेछ ।
  3. प्राविधिक मूल्याङ्कनमा उल्लेखित सम्पन्न भएको कामको आधारमा हुन आउने खर्चको विवरण बमोजिमका विल भर्पाई तथा डोर हाजिरी संलग्न गर्नु पर्नेछ ।