FAQs Complain Problems

पसल कबल भाडामा दिने सम्बन्धि ७ दिने सूचना

मिति २०७३/४/७ मा प्रकाशित सूचना अनुसार कुनै शिलबन्दी दरभाउ पत्र पेश नभएकोले यस टोखा नगरपालिका वडा नं. ११ देखि १५ को संयुक्त्त कार्यालय, गोंगबु रहेको ४ वटा सटर भएको एउटा कोठा न्यूनतम मूल्य प्रति महिना रु.३०,०००।- (अक्षरुपी तीस हजार मात्र) कायम गरी २ वर्षको लागि भाडामा दिन ईच्छुक फर्म वा व्यक्त्तिहरुबाट आजको मिति २०७३/५/१६ बाट ७ दिन भित्र शिलबन्दी दरभाउ पत्र पेश गर्नुहुन पुन तेश्रो पटक सूचना प्रकाशन गरिएको छ ।

थप जानकारीको लागि टोखा नगरपालिका कार्यालय तथा वडा नं. ११ देखि १५ को संयुक्त्त कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।