FAQs Complain Problems

विधायन समिति

समितिका पदाधिकारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल  
रमेश डंगोल  संयोजक ९८५१०११०५८  
चन्द्रदत्त सुवेदी  सदस्य  ९८५१०६६१९४  
अन्जना बोहोरा सदस्य  ९८४३६४५९८४  

 

 

 

 

विधायन समितिको काम कर्तव्य र अधिकार:

(१) नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४, संघीय सरकार तथा प्रदेश सरकारद्वारा जारी भएका कानून वमोजिम नगरपालिकाले निर्माण गर्नुपर्ने ऐन, नियमावली, विनियमावली, निर्देशिका तथा कार्यविधि मापदण्डहरुको मस्यौदा तर्जुमा गरी नगरसभा तथा नगरकार्यपालिकामा प्रस्तुत गर्ने ।

(२) खण्ड (१) मा उल्लेखित कार्य गर्दा आवस्यकता अनुसार सरोकारवाला रविज्ञलाई आमन्त्रण गरी छलफल र परामर्श गर्ने।

(३) नगरपालिकाका समग्र तथा विषयगत क्षेत्रहरुमा समयानुकुल सुधार र परिमार्जन गर्न आवश्यक पर्ने नीति, कानून तथा कार्यविधिहरुको अध्ययन विश्लेषणगरी आवश्यक संशोधन तथा पुनरावलोकनकालागि सिफारिस गर्ने ।

(४) नगरपालिकाका शाखा तथा वडा कार्यालयहरुबाट कानूनको परिपालना र कार्यान्वयन प्रभावकारी रुपमा भए नभएको अनुगमन गरी कानून कार्यान्वयनलाई सुनिश्चित गर्न सुझाव प्रस्तुत गर्ने ।

(५) न्यायिक समिति, प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको रोहबाट भए गरेका मिलापत्र तथा निर्णय कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गरी प्रभावकारिता ल्याउन सुझाव प्रस्तुत गर्ने ।

(६) मेलमिलाप समितिको कार्यलाई सहज बनाउन आवस्यक सहयोग गर्ने ।

(७) सभाले तोकेका अन्यकार्य गर्ने ।