पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयन सम्बन्धी सूचना !!

अत्यन्त जरुरी सूचना

विषय: पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयन सम्बन्धमा।

उपरोक्त सम्बन्धमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ तथा सोसँग सम्बन्धित नियमावलीको व्यवस्था यस टोखा नगरपालिकाभित्र मिति २०८३ साल मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइने भएकोले नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु व्यवसायीहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

उक्त ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन, मासुको स्वच्छता तथा गुणस्तर कायम गर्ने र उपभोक्तालाई स्वस्थ तथा स्वच्छ मासु उपलब्ध गराउने उद्देश्यले यस नगरपालिकामा ८ जना मासु निरीक्षक ताेकिएकाे व्यहोरा जानकारी गराइन्छ।

तसर्थ, नगरपालिका क्षेत्रभित्र मासु व्यवसाय सञ्चालन गर्ने सम्पूर्ण व्यवसायीहरूले देहायबमोजिमका व्यवस्था अनिवार्य रूपमा पालना गर्नुहुन अनुरोध छ-

१. पशु वध गर्नुपूर्व अनिवार्य रूपमा तोकिएका मासु निरीक्षकसँग सम्पर्क गरी पशुको स्वास्थ्य परीक्षण (वधपूर्व निरीक्षण) गराउनुपर्नेछ।

२. पशु वधपश्चात् मासुको अनिवार्य निरीक्षण (वधपश्चात् निरीक्षण) गराई निरीक्षणबाट योग्य ठहर भई आधिकारिक छाप लगाइएको मासु मात्र बिक्री वितरण गर्नुपर्नेछ।

३. मासु निरीक्षणका लागि यस नगरपालिकाबाट तोकिएका मासु निरीक्षकहरूसँग आवश्यक समन्वय तथा सम्पर्क गर्नुपर्नेछ।

४. प्रचलित ऐन तथा नियमावलीबमोजिम आवश्यक अनुमति तथा इजाजतपत्र लिएर मात्र मासु व्यवसाय सञ्चालन गर्नुपर्नेछ।

५. मासु पसलमा स्वच्छता, सरसफाइ तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

६. रोगी पशुको मासु तथा निरीक्षण नभएको वा छाप नलगाइएको मासु बिक्री वितरण गर्न पाइने छैन।

७. मासु निरीक्षकबाट हुने अनुगमन तथा निरीक्षण कार्यमा आवश्यक सहयोग गर्नुपर्नेछ।

मासु निरीक्षकहरूको नाम तथा सम्पर्क विवरण

क्र.सं. मासु निरीक्षकको नाम सम्पर्क नम्बर
१

डा. गौरी मान श्रेष्ठ

९८४३४८१५००

२

डा. बिदुर पिया

९८४१५०६६०६

३

डा. जस्मिन अधिकारी

९८६९६६७३४९

४

डा. चिरण कृष्ण तिवारी

९८४८०१३७९३

५

डा. सुरेन्द्र रावल

९८४५१५४०८५

६

डा. अभिषेक श्रेष्ठ

९८४३९६२५२५

७

डा. दिब्यानुर श्रेष्ठ

९८६१६०७७६०

८

डा सुलभ ढकाल

९८६९४७२८५६

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयन सम्बन्धी सूचना !! १८ कात्तिक, २०८३ JPG