FAQs Complain Problems

ताजा जानकारी

संक्षिप्त परिचय

काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ५ र ६ को केही भागहरु (साविक गा.वि.सहरुः झोरमहांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोगंवु) समेटी यस टोखा नगरपालिकाको गठन वि.सं. २०७१ मार्ग १६ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णयद्वारा भएको हो । प्राचीन वैज्ञानिक वस्ती व्यवस्थापन भएको एतिहासिक शहर समेत यसै क्षेत्रमा रहेको छ । हाल यस नगरपालिकाको वडा नं. २ र ३ वडाहरु यस क्षेत्रमा रहेका छन् । यस नगरपालिकाको पूर्वमा बुढानिलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिकाको वडा नं. ३ र २९ पर्दछ । ११ वटा वडा रहेको यो नगरपालिकाको आकार उत्तर दक्षिण लामो र पूर्व पश्चिम केही सांघुरो प्रकृतिको भई शिवपुरी जंगलको छत्रछायाँमा १७.११ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको छ । यस नगरपालिका भित्र बहुजाति र बहु भाषिक गरि जम्मा घरधुरी परिवार संख्या २५,५६१ र कुल जनसंख्या १,४६,६३६ मा पुरुष ७४,७२९ र महिला ७१,९०७ जनाको वसोवास रहेको र जसमा जनघनत्व ८५७०.१९ प्रतिवर्ग कि.मि रहेको छ । यसमा कुल साक्षरता दर सरदर ९७.९५ प्रतिशत रहेको छ भने यस नगरपालिकाको प्रमुख पर्यटकिय क्षेत्रको रुपमा झोरमहाँकालको वौडेश्वर महादेव, टोखा चण्डेश्वरीको सपनतिर्थ, टोखा सरस्वतीको इन्द्रेणी (भुतखेल) चौर, धापासीको वसुन्धरादेवी, गोगंवुँको मनोहर तिर्थ, वीचविनायक प्रमुख रुपमा रहेका छन् । यस क्षेत्र भएर वग्ने प्रमुख नदीहरुमा विष्णुमति, साङ्गले खोला र सपनतिर्थ मुख्य रुपमा रहेका छन् । त्यसैगरि, मुख्य पोखरीहरुमा सरस्वती गहनापोखरी, गणेश पोखरी, सपनतिर्थ र स्नान कुण्ड मुख्य रुपमा रहेका छन् । यस नगरपालिका क्षेत्रमा अन्तराष्ट्रिय ख्याती प्राप्त ग्राण्डी अस्पताल, देउराली जनता फर्मास्युटिकल प्रा.लि. आदि समेत पर्दछन भने ९ वटा सामुदायिक विद्यालय र ८१ वटा संस्थागत विद्यालय सहित शिशु स्याहार केन्द्र देखि उच्च शिक्षा अध्ययन गराउने कलेजहरु समेत रहेका छन् । यस नगरपालिकामा ४ वटा स्वास्थ्य चौकी, २ वटा शहरी स्वास्थ्य केन्द्र र ५ वटा आधारभूत स्वास्थ्य केन्द्र रहेका छन् भने १११ वटा सहकारी संस्थाहरु रहेका छन् ।