FAQs Complain Problems

ताजा जानकारी

टोल विकास संस्था दर्ता गर्ने सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा यस टोखा नगरपालिकाको बिभिन्न वडा, टोल तथा बस्ति स्तरमा बिभिन्न निकायहरुबाट प्रवाह हुने सेवामा टोलबासीहरुको पहुँच अभिबृद्धि गर्ने, टोल, बस्तिस्तरमा समानता, समताको भावना जागृत गराउने, आपसी सदभाव, समझदारी, समन्वय र मेलमिलाप कायम गराउने आर्थिक सामाजिक सवालमा सबै टोलबासीहरुलार्इ निर्णय प्रक्रियामा समान अवसर र अधिकार प्रदान गर्न, टोलको समग्र बिकासका लागी कार्यक्रम तय गर्न, सहभागितात्मक योजना तर्जुमा, अनुगमन एवं मुल्यांकन प्रक्रियामा सहभागी गराउने कार्यका लागी टोल बिकास संस्था सञ्चालन कार्यबिधी २०७३ बमोजिम संस्था दर्ताका लागी यस टोखा नगरपालिकाका सबै वडाका सबै टोलमा टोल बिकास संस्था गठन गरी अनिवार्य रुपमा दर्ता गराउनु हुन सूचित गरिन्छ । दर्ता नभएको टोल बिकास समितिसँग सहकार्य गर्न नसकिने ब्यहोरा समेत जानकारी गराइन्छ ।

साथै सो को कार्यविधि डाउनलोड गरी हर्न सकिनेछ । तथा विधानको लागि नगरपालिका कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ र softcopy को लागि email : hellotokha@gmail.com मा message पठाई प्राप्त गर्न सक्नुहुनेछ ।